पुम्दीभुम्दीमा एमाले उम्मेदवारहरुलाई भव्य स्वागत: राजिवको कार्यकालको प्रशंसा
पाेखरा | कात्तिक १६, २०७९
पोखरा । कास्की क्षेत्र नम्बर ३ अन्तर्गतको वडा नम्बर २२, पुम्दीभुम्दीमा नेकपा एमाले उम्मेदवारहरुलाई स्वागत गरिएको छ । वडाका विभिन्न कमिटिहरुले एमाले उम्मेदवारहरुलाई टोल टोलमा भव्य स्वागत गरेका हुन् । विभिन्न टोलमा पुगेका एमाले उम्मेदवारहरुलाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयीको आर्शिवाद प्रदान गरे ।
कास्की क्षेत्र नम्बर ३‘ख’ प्रदेस सभा उम्मेदवार राजिव पहारी तथा प्रतिनिधीसभा उम्मेदवार दामोदर बैरागी त्यहाँ पुग्दा पुम्दीभुम्दीका जनताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
उम्मेदवारहरुको आगमनले आफुहरुमा उत्साह थपिएको त्यहाँका जनताहरुले बताए । एमालेनै विकास र परिवर्तनको संवाहक भएकाले यसपटक एमालेलाईनै विजयी गराउने उनीहरुले जनाए ।
निवर्तमान सांसद समेत रहेका उम्मेदवार राजिव पहारीले आफ्नों क्षेत्रमा विकास निर्माणका कार्यहरुको थालनी गरेपनि पहिला कोभिड समस्य र पछि सरकार ढलेका कारण ति कार्यहरु पुरा गर्न नपाएकोबारे आफुहरुले राम्ररी बुझेको सुनाएका थिए । ति योजनाहरुलाई मूर्तरुप दिन पनि फेरी एमालेलाईनै जिताउनेमा आफुहरु प्रतिवद्ध रहेको जनताहरुको भनाई थियो । उम्मेदवार पहारी सहित अन्य उम्मेदवारनै आफुहरुको आशा र भरोसाको केन्द्र भएको सुनाउँदै आफ्नों वडामा एमाले उम्मेदवाहरुलाई मतदान गर्ने उनीहरुले बताए ।
जनताको स्वागत र न्यानो मायाले आफुहरुमा उत्साह मिलेको उम्मेदवार पहारीले बताए । ‘यहाँहरुको आतिथ्यताले हामीलाई थप उर्जा मिलेको छ, म जनसेवक हुँ, फेरी जितेर तपाईहरुको सेवा गर्न आउने छु’–उम्मेदवार पहारीले भने ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

